राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण विशुद्ध व्यक्तिगत र धार्मिक भएको स्पष्ट पारेका छन् । भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक स्थल कैंची धाम ९नैनीताल० भ्रमणका क्रममा धनगढी विमानस्थल आइपुगेका सभापति लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै यस भ्रमणमा कुनै पनि राजनीतिक प्रयोजन नरहेको स्पष्ट पारे ।
पत्नी निकिता पौडेल तथा पार्टीका नेताहरूसहित धनगढी पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए । सो क्रममा सञ्चारकर्मीहरूले भ्रमणको उद्देश्य र राजनीतिक भेटघाटका सम्भावनाबारे राखेको जिज्ञासामा लामिछानेले भने, ञयो मेरो विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण हो । म कारागारमा हुँदा नै एउटा भाकल गरिएको थियो, त्यसैलाई पूरा गर्न परिवारसहित जान लागेको हुँ ।झ
भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट हुन्छ कि भन्ने प्रश्नमा लामिछानेले हाँस्दै भने, ञकुनै राजनीतिक भेटघाट छैन। कसैलाई पनि यसमा राजनीतिक खिचडी नपकाउन अनुरोध गर्न चाहन्छु ।झ
नेपालका अन्य मन्त्रीहरूको पनि भारत भ्रमण भइरहेको सन्दर्भमा पत्रकारहरूले जोडेको प्रश्नमा उनले व्यक्तिगत र राजनीतिक विषयलाई अलग राखेर हेर्न आग्रह गरे । ञकहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई हामीले अलग्याउन सक्नुपर्छ । साथीहरूले मलाई यी दुई कुरा अलग्याउन सहयोग गरिदिनुहुनेछ भन्ने विश्वास छ,झ उनले भने ।
लामिछाने धनगढी हुँदै सडकमार्ग भएर भारतको नैनीतालस्थित कैंची धाम र आसपासका धार्मिक स्थलहरूको दर्शनका लागि प्रस्थान गरेका छन् ।





















