कोहलपुर – ‘मसुरीको दाल’ बोलको गीत सार्वजनिक गरिएको छ। गीत सार्वजनिक कार्यक्रममा गीतसँग आबद्ध कलाकार, सर्जक तथा प्राविधिक टिमको सहभागिता रहेको थियो।
गीतमा नेत्र भण्डारी र सोनु कुष्मीको स्वर रहेको छ। गीतका शब्द तथा संगीत करण न्यौपानेले तयार पारेका हुन् भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विमल छिनालले गरेका छन्। गीतको रेकर्डिङ रोजित महर्जनले गरेका हुन्। डाइनामिक स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो तथा भिडियो निर्माण मालती इन्टरटेन्मेन्टले गरेको हो।
गीतको भिडियोमा सुरेश कोहली, सुनिता दहित, सृष्टि दहित र अभिनय रहेको छ। भिडियोका निर्माता संगम शाह हुन् भने निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका छन्।
त्यस्तै, भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन तथा कलर संयोजन टेकेन्द्र शाहले गरेका छन्। मेकअप आर्टिस्टका रूपमा एलिजा सिलवालले काम गरेकी छन्। भिडियोको पोस्ट प्रोडक्सन मशकबिन नेपालले गरेको हो।
नेपाली लोकसंगीत र सांगीतिक सिर्जनालाई दर्शकमाझ पुर्याउने उद्देश्यसहित सार्वजनिक गरिएको ‘मसुरीको दाल’ गीतले दर्शक तथा श्रोताको माया पाउने अपेक्षा निर्माण टिमले गरेको छ।





















