काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले संविधान अनुसार तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै संविधानअनुसार वैशाख अन्तिममा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन हुनुपर्ने बताए ।
उनले भने, ‘संविधानले तोकेको समयमा निर्वाचन हुनुपर्छ। एक ठाउँमा संविधान मिचियो भने अर्को ठाउँमा मिचिन्छ, संविधान मिच्ने कुरामा हामी भर्याङ लगाइदिन सक्दैनौँ ।’ चुनावमा अन्तर्घात गर्ने, पार्टी नबदल्ने भोट बदल्नेहरूलाई एमालेमा ठाउँ नरहेको प्रस्ट पारे ।















