१८ बैशाख २०८१, मंगलवार
नेपालगञ्जको गुरुद्वारालाई नगरप्रमुख डा.राणाको तलब र भत्ता सहयोग

  • टाइम्स संवाददाता

  • ८ माघ २०७८, शनिबार १८:४१

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नेपालगञ्जस्थित गुरुद्धारालाई तलबभत्ता सहयोग गरेका छन ।

नगर प्रमुखमा निर्वाचित हुनासाथ मासिक तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्ने वाचा गरेका नगर प्रमुख राणाले शनिबार गुरुद्वारा पुगेर एक महिनाको तलब र भत्ता गरि चालिस हजार रुपिया गुरुद्वारा समितिका अध्यक्ष राजेन्द्र सिंह सरदारलाई हस्तान्तरण गरेका हुन ।

सो अवसरमा नगर प्रमुख राणाले आफ्नो सुविधा सामाजिक संघ संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिरहेको बताए । उनले शिख समुदायको गुरुनानक जयन्ती लगायत अन्य धर्मावलम्बी र समुदायको महत्वपूर्ण पर्वमा विदा दिने विषयमा आफु सकारात्मक रहेको बताए ।

शिख समुदायका अगुवा हरपाल सिंहले नेपालगञ्जको नगर प्रमुखमा डा. राणा निर्वाचित भएपछि विकास निर्माणले गति लिएको बताए ।

 

Nabintech