१८ बैशाख २०८१, मंगलवार
३० ग्राम ब्राउन सुगरसहित तीन पक्राउ

  • टाइम्स संवाददाता

  • १० माघ २०७८, सोमबार १९:१५

नेपालगञ्ज :  बाँके प्रहरीले सोमबार दिउसो नेपालगञ्ज–१० ट्राफिक चोक नजिकैबाट ३० ग्राम ब्राउन सुगर सहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

वडा प्रहरीक कार्यालय नेपालगञ्ज र लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले चेकजाँच गर्ने ट्राफिक चोक बज्ने बर्ष ३५ की मुन्नि जोलाहले लगाएको सुईटरको खल्तिबाट लुकाई छिपाई राखीएको ३० ग्राम ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ बरामद गरेको थियो ।

प्रहरीले उनकै साथमा रहेका नेपालगञ्ज– १६ बस्ने बर्ष ३९को कल्लु जोलाह र ३५ की जरिना अन्सारीको साथबाट नगद नेपाली रुपैया ७ हजार ५सय, भारतीय रुपैया ७० हजार ३ सय ५० गरी जम्मा नेपाली रुपैया १ लाख ८३ हजा ६० रुपैया ¥यापर कागज सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको जनाएको छ ।

 

Nabintech