१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर जेसीजद्धारा नेतृत्व र असल सुशासन सम्बन्धी एक दिने तालिम सम्पन्न

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०७८, शुक्रबार १५:१५

बाँकेको कोहलपुरमा रहेको कोहलपुर जेसीज वर्ष २०२१ ले एक दिने नेतृत्व र असल सुशासन तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रशिक्षक नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष रबिन्द्र कर्णले नेतृत्व शैलि निरंकुश, प्रजातन्त्रीक, स्वतन्त्र र अग्रगामी हुने भएले नेतृत्वले वस्तुस्थिति अनुसार निर्णय गर्न सक्नुपर्ने बताएका छन् । नेतृत्व विकासका लागि जेसीज अभिायनले विश्वभरी महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेतृत्वले दैनिक जीवनमा आईपर्ने चुनौतिको सामाना गर्नुपर्ने बताएका छन् । साथै उनले व्यक्ति भित्र असल गुणहरु हुने भन्दै यूवा अवस्थामा सकारात्मक सोचको विकास गर्न आवश्यकता रहेको बताएका छन् । देशको नेतृत्व गर्नेहरुमा सकरात्मक सोचको विकास नहुँदा देशमा अस्थिर राजनीति हाबि रहेको बताउँदै कानूनी राज्यको जनताले महसुस गर्न नसकेको बताएका छन् । जेसीजमा आवद्ध यूवाहरुले असल नेतृत्व छनौट गर्ने अभियान संचालन गर्न सुझाव दिँदै यूवाहरु नै देशको विकासमा लाग्नुपर्ने बताएका छन् भने सुशासनका लागि सक्षम नेतृत्व आवश्कयता पर्ने बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२१ अध्यक्ष राम प्रसाद पाण्ड्यले कोहलपुर जेसीजको वार्षिक क्यालेण्डर अनुसार नेतृत्व विकास र असल सुशासन तालिम दिईएको जानकारी दिँदै व्यक्तिको व्यक्तित्व विकास लागि यूवाहरुलाई हरेक क्षेत्रबाट सक्रिय बनाउन जेसीज अभियान सक्रिय रहेको बताएका छन् । कोहलपुर जेसीजले पछिल्लो समय कोहलपुर क्षेत्रका यूवाहरुलाई विभिन्न कार्यमा सक्रिय बनाउँदै आत्मानिर्भर बनाउनका लागि विभिन्न कार्य गरिरहेको छ । कार्यक्रममा तालिमहरुको तर्फबाट बोल्दै उपेन्द्र विष्टले तालिमबाट सिकेका कुराहरु आफ्नो पेशागत र व्यवसायीक जीवनमा लागु गर्ने प्रतिवद्धता जनाउँदै नेतृत्व विकास गरी समाज रुपान्तरण गर्न यूवाहरु लाग्नुपर्ने बताएका छन् । तालिममा जेसीजमा आवद्ध यूवा, शिक्षक, उद्योगि व्यापारी, सहकारीकर्मी, यूवा विद्यार्थी लगायत करिब ४० जना सहभागि रहेका थिए । तालिममा सहभागिताहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने कार्यक्रमका सहजिकरण कोहलपुर जेसीज वर्ष २०२१ का महासचिव ईश्वर शर्माले गरेका थिए ।

Nabintech