१६ बैशाख २०८३, बुधबार
“ चाैथाे कोहलपुर गोल्डकप” फुटबल प्रतियोगिताको टाइसिट सार्बजनिक

  • टाइम्स संवाददाता

  • १६ बैशाख २०८३, बुधबार ०७:२१

आयोजक सस्था रेसिङ सहारा क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत खेल तालिका (टाइसिट) सार्वजनिक गरेको छ। खेल तालिका सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गोल्ड्कप प्रतियोगिता वैशाख १९ देखि २६ गतेसम्म कोहलपुर स्थित तेह्र बिगाहा खेलमैदानमा सञ्चालन हुने जानकारी दिएको हो।
प्रतियोगिताको चौथो संस्करणमा नेपालका विभिन्न प्रतिष्ठित ए डिभिजन क्लबहरूसँगै एक विदेशी टोलीको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
सहभागी हुने फुट्बल टिमहरूमा आयोजक रेसिङ सहारा क्लब, पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम), लालीगुराँस एसोसिएसन क्लब (पोखरा), सातदोबाटो युवा क्लब (ललितपुर), जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र विभागीय टिम नेपाल पुलिस क्लब रहेका छन्।
१९ गते उद्घाटन खेल आयोजक रेसिङ सहारा क्लब र पञ्चकोशी युवा क्लबबीच हुनेछ।
सेमिफाइनल खेलहरू वैशाख २३ र २४ गते तथा फाइनल खेल वैशाख २६ गते हुने तालिका सार्वजनिक गरिएको छ। कोहलपुर गोल्ड्कप फुट्बल
प्रतियोगिताका संयोजक कर्ण बस्नेतका अनुसार खेल मैदान, आवास, सुरक्षा र दर्शक व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ। यस पटक दर्शकहरूलाई सबै खेल नि:शुल्क हेर्ने व्यवस्था गरिएको संयोजक बस्नेतले बताए।
आयोजक क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै फुटबलप्रेमी दर्शकलाई उच्चस्तरीय खेलको अनुभूति दिलाउने विश्वास व्यक्त गरे।
खेलकुद सङै पर्यटनलाई विशेष दिदै बाके राष्ट्रिय निकुञ्जमा खेलाडिहरुका लागि जङ्गल सफारिको ब्यवस्था गरिएको क्लबका अध्यक्ष चक्र चिमलाले जनाएका छ्न।

Nabintech