१५ चैत्र २०८०, बिहीबार
कोरोनाको तेस्रो लहर फैलिएसँगै फ्रान्सकाे पेरिससहित १५ क्षेत्रमा एक महिने लकडाउन‍‍

  • टाइम्स संवाददाता

  • ६ चैत्र २०७७, शुक्रबार २२:३६

फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि एक महिने लकडाउन सुरु भएको छ ।

फ्रान्सको राजधानी पेरिससहित अरु १५ क्षेत्रहरुमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनकाे घोषणा भएको हो ।

अहिलेको लकडाउन अघिल्लो पटकको लकडाउनजत्तिकै कडा भने नहुने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले बताउनुभएको छ । लकडाउनका समयमा अतिआवश्यकबाहेक अरु रोजगारीका कामहरु बन्द रहनेछन् भने विद्यालयहरु भने खुल्ने फ्रान्सको सरकारले जनाएको छ ।

यो समयमा मानिसहरु अतिआवश्यक परेमा १० किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न पाइने तर एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज गरिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

समयमै खोप अभियान सञ्चालन नगरेकामा फ्रान्स सरकारको चर्को आलोचना भइरहेको छ । समयमै खोप लगाउन नसकेकाले तेस्रो लहरको सङ्क्रमण सुरु भएको भन्दै सरकारको विरोध भइरहेको छ ।

Nabintech