७ बैशाख २०८१, शुक्रबार
नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा भण्डारी बिजयी

  • संजय मण्डल

  • २७ चैत्र २०७७, शुक्रबार १७:५२

नेपालगञ्ज:नेपाल पत्रकार महासंघ बाँके शाखामा दामोदर भण्डारीको प्यानल बिजयी भएको छ । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा भण्डारी नेतृत्वको लोकतान्त्रिक व्यवसायिक श्रमजीवी पत्रकारको संयुक्त प्यानल बिजयी भएको हो । कुल ३२३ सदस्य रहेको बाँके शाखाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनमा २९६ मत खसेको थियो ।

जस मध्ये भण्डारीले १ सय ५७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी डक्ट प्रसाद धितालले १ सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशव कोईरालाले जानकारी दिए । यस्तै उपाध्यक्षमा संगीन शर्मा र महिला उपाध्यक्ष करुणा शाह बिजयी भएका छन । शर्माले आफ्ना निकटतम प्रतिद्धन्द्धी सकिल अहमद कादरीलाई ४८ र शाहले रेजिना मल्ललाई १० मतान्तरले पराजित गरेका हुन ।

कोईरालाका अनुसार शर्माले १ सय ६६ मत, कादरीले ११८ मत तथा शाहले १४९ मत र मल्लले १३९ मत प्राप्त गरेका थिए । महासंघको सचिवमा भने साझा प्यानलबाट सचिवका उम्मेदवार कमल डाँगी बिजयी भएका छन । उनले १ सय ५१ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक प्यानलका उम्मेदवार क्षेत्रनाथ देवकोटालाई १६ मतले पराजित गरेका थिए । यस्तै सहसचिव पदमा (लोकतान्त्रिक)का उम्मेदवार कृष्ण ओली, सहसचिव (समावेशी) हेमन्त चौधरी र कोषाध्यक्ष पदमा बिनोद पौडेल बिजयी भएका छन । ओलीले प्रतिद्धन्दी महमुद आलम खानलाई ६३ मत, चौधरीले भगतराम थारुलाई ५३ मत र पौडेलले देवेन्द्रराज पौडेललाई ५८ मतले पराजित गरेका हुन ।

यस्तै सदस्यमा लोकतान्त्रिक प्यानलका भिष्म प्रसाद लोध, महिला सदस्यमा सावित्री गिरी, सदस्य मोहम्मद जावेद हलवाई, दिनेश ठाकुर सुनील रेग्मी, जाबेद अहमद साह, खगेन्द्र प्रसाद आचार्य, शौरभ गिरी, निर्मल आचार्य, शंकर लामिछाने बिजयी भएका छन । यस्तै दलित महिला सदस्यमा साझा प्यानलका उम्मेदवार पबित्रा परियारले लोकतान्त्रिक प्यानलका काली बहादुर परियारलाई १० मतले पराजित गर्न सफल भईन । नेपाल प्रेस यूनियन, प्रेस संंगठन, प्रेस चौतारी र प्रगतिशील पत्रकार संघको संयुक्त गठबन्धनको लोकतान्त्रिक व्यवसायीक श्रमजीवी पत्रकारको संयुक्त प्यानलबाट भण्डारी तथा प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्चलगायतको साझा प्यानलबाट अध्यक्षमा धिताल निर्वाचनमा होमिएका थिए ।

Nabintech