१५ चैत्र २०८०, बिहीबार
आईपीएलमा चम्किए सञ्जु सामसन, शतकीय इनिङ खेले पनि हार भने टरेन

  • टाइम्स संवाददाता

  • ३१ चैत्र २०७७, मंगलवार ०७:०५

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोमबार राति सम्पन्न पञ्जावविरुद्धको खेलमा उनले विस्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपनि टीमको हार भने टार्न सकेनन् । निकै रोमाञ्चक खेलमा पञ्जाब किंग्सले ४ रनको रोमाञ्चक जित निकालेको छ । खेलमा अन्तिम ओभरको एक बल बाँकी रहँदा जितका लागि राजस्थानलाई ५ रनको आवश्यकता थियो तर अन्तिम बल त्यसै खेर गयो र नतिजा पञ्जावको पक्षमा पुग्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सञ्जुले ७ छक्का र १२ चौकासहित ११९ रनको योगदान दिए । उनले ६३ बलको सामना गरेका थिए ।  कप्तानको रुपमा उनले पहिलो खेलमै सतकीय इनिङ खेलेका हन् ।  मुम्बईको वानखेडे स्टेडियममा  भएको खेलमा पञ्जाबले राजस्थान रोयल्ससामु २ सय २१ रनको विशाल प्रस्तुत गरेको थियो  । २० ओभरमा ६ विकेटको क्षतिमा पञ्जाबले २ सय २१ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान केएल राहुले सर्वाधिक ९१ रनको योगदान दिए । निकै विष्फोटक ब्याटिङ गरेका उनले ५० बलमा ७ चौका र ५ छक्का हिर्काए । त्यस्तै, सन्दीप हुड्डाले २८ बलमा ६४ रनको धुँवादार पारी खेले । उनले ६ छक्का र ४ चौका हिर्काए । क्रिस गेलले २८ बलमा ४० रन बनाए ।  राजस्थानका लागि चेतक सकारियाले ३ विकेट लिए । यस सिजनका सबैभन्दा महँगो खेलाडी क्रिस मोरिसले २ विकेट लिए ।

Nabintech