१३ बैशाख २०८१, बिहीबार
नेपालगञ्जका सबै शैक्षिक संस्था एक साता बन्द गर्ने निर्णय

  • टाइम्स संवाददाता

  • २ बैशाख २०७८, बिहीबार १७:१६

रोना भाइरसको संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि उपमहानगरपालिका भित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेको भन्दै उप महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । ‘संक्रमण उच्च भयो । त्यसकारण एक साता सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरियो’, उपप्रमुख थापाले  भनिन्, ‘स्वास्थ्यमा खेलबाड गर्न उपयुक्त ठानिएन ।’ बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय पनि गरेको छ । आजै स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको छ ।

Nabintech