८ बैशाख २०८१, शनिबार
सिमावर्ती बजार रुपैडिया जान रोक

  • टाइम्स संवाददाता

  • ३ बैशाख २०७८, शुक्रबार ०७:३६

जिल्लामा कोरोना भाइरस संक्रमण तिब्र रुपमा बढ्न थालेपछि जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेले यसको रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा विभिन्न निर्णयहरु गरेको छ । केन्द्रको बिहीबार बसेको बैठकले नेपालगन्ज स्थित जमुनाह नाकामा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरि नाकामा सन्चालनमा रहेको हेल्थ डेस्कलाई स्वास्थ्य परीक्षणका लागि थप प्रभावकारी बनाउने निर्णय गरेको छ । यस्तै भारतमा संक्रमण तिब्र रुपमा बढिरहेको र यसको प्रभाव नेपालमा समेत पर्नसक्ने भन्दै केन्द्रले स्वास्थ्य उपचार लगायत अत्यावश्यक काम बाहेक सामान्य काम एवम् किनमेलका लागि सिमावर्ती बजारमा जाने आउने कार्यमा अर्को सूचना नआएसम्म रोक लगाउने निर्णय समेत गरेको छ । अत्यावश्यक बाहेकका सभा, सम्मेलन, भेला, महोत्सव नगर्न केन्द्रले अपिल समेत गरेको छ । यस्तै भेरी अस्पतालमा कोरोनाका बिरामीलाई लक्षित गरी निर्माण गरिएका सबै १४२ बेडको उपयोग गरि सञ्चालनमा ल्याउने र आवश्यक पर्ने जनशक्ति लगायत अन्य व्यवस्थापकीय तयारी भेरी अस्पतालले गर्ने समेत निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको केन्द्रको बैठकले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको आईशोलेशन वार्ड तोकिय भन्दा बढी शुल्क नलिने गरी पुन सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ ।

हेर्नुहोस् केन्द्रको बैठकमा भएका विभिन्न निर्णयहरु

Nabintech