१५ चैत्र २०८०, बिहीबार
काेराेनाका ८३६ नयाँ सङ्क्रमित, २०८ सङ्क्रमित निको

  • टाइम्स संवाददाता

  • ३ बैशाख २०७८, शुक्रबार १७:४३

नेपालमा कोरोना भाइरसका ८३६ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । । यस्तै, ६३१ वटा एन्टिजिन परीक्षणमा ६४ जना सङ्क्रमितको पहिचान गरिएको छ । मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८०९ पुगेको जानकारी गराएको छ । पछिल्लो चौबीस घण्टामा २०८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ८१२  जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले चार ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ७० जनाको मृत्यु भएको छ ।

Nabintech