१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

  • टाइम्स संवाददाता

  • ५ बैशाख २०७८, आईतवार ०७:०४

कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । भेरी अस्पतालको आइसोलेसनमा ३ घण्टाको अन्तरमा तीन जनाले अन्तिम श्वास फेरेका छन् । बाँकेका कोरोना फोकलपर्सन तेज वलीका अनुसार बाँकेका १ जना र जिल्ला बाहिरका २ जना गरि ३ जनाको २ घण्टाको अन्तरमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बैजनाथ गाउँपालिका ८ बाँकेका ७८ वर्षिय महिला , राजापुर १ बर्दियाका ७३ वर्षिय पुरुष र नारायण नगरपालिका १ दैलेखका ६८ वर्षिया महिला रहनुभएको छ । बैजनाथका ७८ वर्षिय महिलालाई २०७७ चैत्र ३१ गते पसीआर परीक्षण गर्दा २०७८ बैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । बैशाख २ गते भेरी अस्पतालमा भर्ना भएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उहाँको शनिबार साँझ ७स्४० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । यस्तै दैलेखका ६८ वर्षिय महिलामा ७७ चैत्र ३१ गते पीसीआर परीक्षण गर्दा २०७८ बैशाख १ गते कोभिड पुष्टि भएको थियो । सोही दिन अस्पताल भर्ना गरि उपचार सुरु गरिएको भएपनि उनको उपचारकै क्रममा शनिबार राती ९ः३० बजे मृत्यु भएको जिल्लाका फोकलपर्सन तेज वलीले जानकारी दिए । बर्दियाका ७३ वर्षिय पुरुष बैशाख २ गते उपचारका लागि भेरीमा भर्ना भएपनि स्वास्थ्यमा सुधार नआउँदा शनिबार साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Nabintech