१४ बैशाख २०८१, शुक्रबार
कोरोनाबाट भेरी अस्पतालमा २० वर्षीया नर्सको मृत्यु

  • टाइम्स संवाददाता

  • ६ बैशाख २०७८, सोमबार १७:३१

भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहनुभएकी एकजना २० वर्षीया नर्सको निधन भएको छ । कोरोना भाइरस सङ्क्रमित भएर उपचार गराइरहनु भएकी तुलसीपुर उपमहानगरपालिका ११ कि ती नर्सको सोमबार मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि ती नर्सको वैशाख १ गते कोहलपुरको बागेश्वरी ल्याबमा पीसीआर परीक्षण गरिएको थियो । त्यसैदिन रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उहाँलाई भेरीमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।  तर उपचार जारी रहेकै अवस्थामा उहाँको अवस्था गम्भीर बन्दै गएपछि सोमबर विहान साढे १० बजे उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँ तुलसीपुरको राप्ती लाइफ केयर अस्पतालमा कार्यरत रहेको पनि भेरी अस्पतालले जनाएको छ ।  यसअघि, गएराति पनि बाँके कोहलपुरका एक ७५ वर्षीय पुरुष सङ्क्रमितको होम आइसोलेसनमा बसेकै अवस्थामा घरमै निधन भएको थियो । बाँकेमा एकसाता यता आएर एक्कासी कोरोना सङ्क्रमण बढ्दै गएपछि मृत्यु हुने क्रम पनि दिनदिनै बढ्दै गएको छ ।

Nabintech