८ बैशाख २०८१, शनिबार
बाँकेमा ९० वर्षीय कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

  • टाइम्स संवाददाता

  • ८ बैशाख २०७८, बुधबार १७:५७

बाँकेमा बुधबार थप एक जना कोरोना सङ्क्रमित बृद्धको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर– ११ निवासी ९० वर्षीय वृद्धकाे बुधबार बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभएको छ । फोकल पर्सन ओलीका अनुसार बैशाख ६ गते कोरोना पुष्टि भएर ६ गते साँझ नै मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका ९० वर्षीय पुरुषको अवस्था बिग्रिँदै गएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । भेन्टिलेटरमा उपचार गर्द गर्दै ती पुरुषको बुधवार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जानकारी गराएको फोकल पर्सन ओलीले बताउनुभयो । योसँगै बाँकेमा जिल्ला भित्रका सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।

Nabintech