१३ बैशाख २०८१, बिहीबार
एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

  • टाइम्स संवाददाता

  • ८ बैशाख २०७८, बुधबार १८:२४

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ । चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो । यो बीचमा ओलीले माधव नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन् । यता नेपाल पक्षले पनि केन्द्रीय नेतृत्व बाहेक सबै तहमा समानान्तर कमिटी गठन गरेको छ । मंगलबार मात्र ओलीले नेपालसहित ३२ जना सांसदलाई प्रष्टीकरण सोधेका थिए । पार्टीभित्र देखिएको बढ्दो विवादलाई आइसब्रेक गर्दै ओली र नेपाल छलफलमा जुटेको देखिन्छ ।

Nabintech