६ बैशाख २०८१, बिहीबार
नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा थापा चयन

  • टाइम्स संवाददाता

  • ९ बैशाख २०७८, बिहीबार १७:४८

बाँकेको कोहलपुर नगरपालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा निम प्रकाश थापा चयन भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन कोहलपुर नगरपालिकाको दोस्रो नगर अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ । जसको उपाध्यक्षमा दल बहादुर राना, महिला उपाध्यक्षमासुष्मा थापा, सचिवमा गणेश कुमार खड्का, कोषाध्यक्षमा यादव बस्याल लगायत अन्य सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्य एकदेव पन्थीले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले शिक्षकहरुमा आधुनिकता हुन जरुरी रहेको बताएका छन् । साथै उनले कोहलपुर क्षेत्रको शैक्षिक विकासका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले सबैसँग सहकार्य गरिरहेको जानकारी दिँदै राज्यले शिक्षकहरुको वर्तमान अवस्था बुझ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन कोहलपुरका नवनिर्वाचित अध्यक्षम निम प्रकाश थापाले शिक्षकहरुको हक र अधिकारीका लागि काम गर्ने प्रतिवद्धता जनाउँदै शिक्षकहरुका मागहरु राज्यले उचित ढङ्गले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

Nabintech