८ बैशाख २०८१, शनिबार
बाँकेमा काेराेनाले बनाएको अवस्था, सिंगाे नेपाललाई सन्देश

  • टाइम्स संवाददाता

  • १० बैशाख २०७८, शुक्रबार ०८:३२

बिश्वराज पछल्डङ्या, नेपालगन्ज/ रुघाखोकीसँगै ज्वरो आउने, शरीर दुख्ने र झाडापखाला लाग्ने भएपछि बर्दियाको मधुवन नगरपालिका–५ तारातालका तुलबहादुर गुरुङदम्पतीले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिनुभएकाे थियो । बिहीबार मोबाइलमा संक्रमण रहेको रिपोर्ट आएपछि उहाँहरू साँझ ७ बजे हतारिँदै नेपालगन्जस्थित भेरी अस्पताल पुग्नुभयाे । तर, राति ११ बजेसम्म पनि बेड पाउनुभएन । अस्पताल पुगेपछि उनीहरूले बेडका लागि चिकित्सक, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मीसँग हारगुहार गर्नुभयाे । तैपनि व्यवस्था हुन सकेन । किनभने, संक्रमितले अस्पतालका बेड भरिएका छन् । आइसोेलेसन कक्षबाहिर राखिएको बेडमा पत्नीसहित बस्नुभएका गुरुङले सहयाेग माग्नुभयाे, ‘सास फेर्न गाह्रो भइरहेको छ । लौन सर सक्नुहुन्छ भने बेड मिलाइदिनुप¥यो । हामीलाई गाह्रो हुन थालेको छ ।’ बेड कुर्दै उहाँहरू राति ११ बजेसम्म आइसोलेसन कक्ष बाहिरै हुनुहुन्थ्यो ।  बर्दियाकै बारबर्दिया नगरपालिकाकी सिर्जना गिरी सुवेदीले तीन घन्टाको पर्खाइपछि बल्ल आइसोलेसनमा बेड पाउनुभयाे । ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । बेड नपाएरै बितिन्छ कि भन्ने भइसकेको थियो, बल्लबल्ल पाइयो,’ सुवेदीका आफन्त सौरभ गिरीले भन्नुभयाे ।  अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बिरामीले बेड भरिएको बताउनुभयाे । उहाँका अनुसार आइसोलेसनको कुनाकाप्चामा समेत बेड राखेर उपचार भइरहेको छ । ‘आइसोलेसनमा खुट्टा राख्ने ठाउँसमेत छैन । अब जटिल प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सक्ने अवस्था छैन,’ उहाँले भन्नुभयाे । भेरी अस्पतालका आइसोलेसन वार्डका सबै बेड बिरामीले भरिएका छन् । अब थप बिरामी भर्ना गर्न नसकिने जनाउ अस्पतालले दिएको छ । भेरि अस्पतालमा एक सय ४२ आइसोलेसन बेड छन् । त्यस्तै, ३५ आइसियू र सात भेन्टिलेटर सुविधा छ । अहिले सबै भरिएका छन् । संक्रमण तीव्र गतिमा बढिरहेकाले अहिलेको भन्दा जटिल अवस्था आउन सक्ने डा. थापाको अनुमान छ । ‘योभन्दा जटिल अवस्था आउने सम्भावना छ । सबैले वेलैमा ध्यान पु¥याउनुपर्ने देखिन्छ,’ उहाँले भन्नभयाे, ‘भेरी अस्पतालले मात्र धान्न सक्ने अवस्था छैन ।’ उता कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पनि आइसोलेसन बेडदेखि भेन्टिलेटरसम्म सबै भरिएका छन् । अस्पतालमा कोरोना संक्रमितका लागि ८० आइसोलेसन बेड, १५ आइसियू र ६ भेन्टिलेटर छुट्याइएका छन् । सबै भरिएपछि बिरामी भर्ना लिन बन्द गरिएको आइसोलेसन वार्डका इन्चार्ज दिनेश श्रेष्ठले बताउनुभयाे ।  संक्रमितको संख्या निकै बढेको छ, सबै बेड भरिएका छन् । यही वेला आज (बिहीबार) मात्र १५ जना संक्रमित थपिएका छन् । उनीहरूलाई कहाँ राख्ने हो, टुंगो छैन,’ श्रेष्ठले भन्नुभयाे, ‘अब हामीले हात उठाउन मात्र बाँकी छ ।’ बाँकेमा संक्रमितको संख्या तीव्र गतिमा थपिँदै गएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर ओलीका अनुसार बिहीबार मात्रै तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाभरि एक हजार दुई सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थलनजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् । नयाँ पत्रिका दैनिक

Nabintech