७ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय

  • टाइम्स संवाददाता

  • ११ बैशाख २०७८, शनिबार १७:४८

बाँकेमा पछिल्लो समय देखिको कोरोना भाईरसको उच्च जोखिमलाई ध्यान दिई कोहलपुर नगरपालिकालाई लकडाउन गर्नका लागि सिफारीस गरिएको छ । कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको बैठकले स्थिति भयावह हुने आंकलपछि आईतबारदेखि लकडाउन गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय भएको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले जानकारी दिएकी छिन् । कोहलपुरमा कोरोना भाईरसको जोखिम उच्च रहेकाले तत्कालका लागि लकडाउन नै उत्तम विकल्प भएका कारण सो निर्णय गरिएको उपप्रमुख चौधरीले जानकारी दिएकी छिन् ।

 

Nabintech