१४ बैशाख २०८१, शुक्रबार
राप्तीसोनारी–८मा आगलागी हुँदा ३ घर जलेर नष्ट

  • टाइम्स संवाददाता

  • १३ बैशाख २०७८, सोमबार १७:५४

बाँकेको राप्तीसोनारी गाउँपालिका ८ नयाँ गाउँमा सोमबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छ्न । सोमबार दिउँसो करिब ३ बजे तिर आगलागी हुँदा स्थानीय रंगीलाल थारू, नन्दु चौधरी र राजकुमार थारूको भान्साघर जलेर नष्ट भएको ढकेरी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुल बहादुर बमले जानकारी दिए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडाकुडा र घरमा राखिएको काठ जलेर नष्ट भएको बताईएको छ । नजिकै रहेको वनस्पति उद्यन ९ढकेरी पार्क०मा लागेको आगो घरमा सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक बमको सक्रियतामा कोहलपुर नगरपालिकाबाट दमकल मगाएर करिब एकघन्टा पछि आगो नियन्त्रणमा लिईएको थियोे । आगलागी भएको स्थानमा राप्तीसोनारी गाउँ पालिका उपाध्यक्ष धनीकुमारी खत्रीले स्थलगत निरीक्षण गरेकी छिन । अनुगमनका क्रममा खत्रीले आगलागी पिडितहरूलाई तत्काल राहतको ब्यवस्था गर्ने प्रतिवद्दता जनाएकि छिन ।

Nabintech