१६ चैत्र २०८०, शुक्रबार
पाँच हजार ७०६सङ्क्रमित, १२८७ कोरोनामुक्त, १९ को मृत्यु

  • टाइम्स संवाददाता

  • १८ बैशाख २०७८, शनिबार १७:३२

नेपालमा कोरोनाभाइरसका पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार ९६९जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२८७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । सो अवधिमा १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार हाल ४३ हजार २१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ५६६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ५७ जनामा पोजेटिभ पाइएको छ । हालसम्म दुई लाख ८२ हजार ३८२ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २९८ जनाको मृत्यु भएको छ ।

Nabintech