४ बैशाख २०८१, मंगलवार
बाँकेमा ४ सय २४ जना संक्रमित थपिए

  • टाइम्स संवाददाता

  • २२ बैशाख २०७८, बुधबार १६:४५

बाँकेमा कोरोना भाईरसका ४ सय २४ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल २ सय १९ जना मध्ये बाँके जिल्लाका ८७ जना महिला र ७५ जना पुरुष अन्य जिल्लाका २३ जना गरी १ सय ८५ जनामा संक्रमणको पृष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । त्यस्तै बागेश्वरी ल्याबमा ३ सय ८२ जनाको परिक्षण गर्दा २ सय ३९ जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएको संक्रमितसहित बाँकेमा हालसम्म ११ हजार ४ सय ८१ जनामा संक्रमण पृष्टि भएको छ । आज जिल्ला बाहिरका ४४ जनामा संक्रमणको पृष्टि भउको छ । बाँकेमा हालसम्म ७ हजार १३ जनाले कोरोना भाईरसलाई जितेका छन् । यसका साथै बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका ३ र जिल्ला बाहिर १ जना गरी ४ जनाको निधन भएको छ । बाँके जिल्लामा हालसम्म कोरोना भाईरसबाट ज्यान गुमाउनेको संख्या १ सय ४६ रहेको छ भने जिल्ला बाहिरबाट उपचार गर्न आई बाँकेमा विभिन्न अस्पतालमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको कोरोना फोकल पर्सन ओलीले बताएका छन् । बाँके जिल्लामा हाल १० जना भेन्टिलेटरमा उपचार गरिरहेका छन् भने हाल बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका ४ हजार ३ सय २२ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ३ सय ५० जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय ३४ जना रहेको ओलीले जानकारी दिएका छन् ।

Nabintech