१६ चैत्र २०८०, शुक्रबार
जाजरकोटमा जेठ १ गतेसम्म पुन निषेधज्ञा हुने

  • टाइम्स संवाददाता

  • २३ बैशाख २०७८, बिहीबार १९:१०

कोरोना भाईरसको विषम परिस्थितिको समाना गर्नका लागि बैशाख २५ गतेसम्म जारी गरिएको निषेधज्ञालाई जेठ १ गतेसम्मका लागि निषेधज्ञा गर्ने निर्णय भएको छ । जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला संकट व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रकाश देवकोटाका अध्यक्षमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको आजको बैठकले जेठ १ गतेसम्म जिल्लाभर निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ । सो सो बैठकले जिल्लाका सात वटै पालिका, अस्पताल,नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल समेतले निर्माण गरिएका क्वारिन्टेन बेड र आईसोलेसन बेडहरु अक्सिन सहितको सुरक्षित एव् व्यवस्थित गरी यथाशिघ्र प्रयोगमा ल्याउन हाल जिल्लामा संक्रमणको बृद्धिदरलाई मध्यनगर गरी थप क्वारेन्टीन आईसेलेसन बडेहरुको व्यवस्थापन गर्न अनुरोध गर्ने, जिल्ला हाल जारी निधेषज्ञाको समयमा दैनिक उपभोग वस्तु, स्वास्थ्य सामग्री लगायत अन्य अति आवश्यक वस्तुहरुको बजारमा कृतिमा अभाव, कालो बजारी मृल्यवृद्धि, अखाद्य वस्तु मिसावट तथा विक्रि वितरण जस्ता काून विपरित कार्य हुन नदिन बजार अनुगमनलाई निरन्तता दिने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश देवकाटाले जानकारी दिएका छन् । साथै कोभिड १९ को संक्रमण त्रि रुपमा बढ्दै गईरहेकोले जिल्ला स्थित प्रत्येक पालिकाले कन्ट्रयाक्ट टे«सिङ्गलाई बढाउनका लागि ¥यापिड एन्टिजेन्ट टेष्ट किट स्वयम व्यवस्थापन गरी परिक्षण दायरा बढाउने, कोरोनाको दोस्रो लहरका कारण संक्रमण तिव्र रुपमा फैलिरहेकोले संक्रमण रोकथाम, नियन्त्रण र न्यूनिकरणको लागि निषेधज्ञा जारी भएका जिल्लाहरुमा गतन्व हुने गरी अति आवश्यक सेवा बाहेकका कुनै पनि सार्वजनिक यात्रुवाहक सवारी साधानहरुलाई यात्रा अनुमति लिए नलिएको सेवारी साधानलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट नियमित अनुगमन निरिक्षण कार्य गर्न अनुरोध गर्ने निर्णय समेत भएको प्रजिअ देवकोटाले जानकारी दिएका छन् ।

Nabintech