१२ बैशाख २०८१, बुधबार
विश्वका १३ करोड ४० लाखले जिते कोरोना, नेपालमै कोरोना जित्नेको सङ्ख्या २ लाख ९२ हजारभन्दा बढी

  • टाइम्स संवाददाता

  • २४ बैशाख २०७८, शुक्रबार ०७:०७

विश्वभरका १३ करोड ४० लाख ३६ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । उक्त तथ्यांक वर्डोमिटरको हो । वर्डोमिटरले कोरोना भाइरससम्बन्धी तथ्यांकीय विवरण उपलब्ध गराउँदै आएको छ । वर्डोमिटरका अनुसार विश्वमा हालसम्म १५ करोड ६६ लाख ७२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिमध्ये १३ करोडभन्दा बढी संक्रमण मुक्त भएका हुन् । हाल विश्वभर १ करोड ९३ लाखभन्दा बढी सक्रिय संक्रमित रहेकामा १ करोड ९२ लाखभन्दा बढीको स्वास्थ्य अवस्था सामान्य छ भने १ लाख ९ हजार गम्भीर छन् । नेपालमै पनि हालसम्म २ लाख ९२ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३ लाख ६८ हजार ५ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७ सय ७ जनाले संक्रमण जितेको मन्त्रालयले जनाएको छ । हिजो एकै दिन ९ हजार ७० जनामा संक्रमण देखिएकामा ५४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३ हजार ५ सय २९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

Nabintech