१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा ४ सय ४५ जना कोरोना भाइरस संक्रमित थपिए

  • टाइम्स संवाददाता

  • २५ बैशाख २०७८, शनिबार १७:५६

बाँकेमा पछिल्लो २४ घण्टामा ४ सय ४५ जना जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । तीन वटा ल्याबमा ६ सय २९ जनाको नमुना परीक्षण गर्दा ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फेकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालको ल्याबमा ३ सय ५ जनाको नमुना परीक्षण २२२, मेडिकल कलेज कोहलपुरको ल्याबमा ७३ जनाको नमुना परीक्षण गर्दा ५९ जना र बागेश्वरी ल्याबमा २५१ जनाको नमुना परीक्षण गर्दा १६४ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेका मात्रै संक्रमित संख्या ३ सय २३ जना रहेको छ । जसमध्ये १ सय ६७ जना महिला र १ सय ५६ जना रहेका छन् । बाहिरी जिल्लाका १२२ जनामा संक्रमण पुष्टि भएको ओलीले बताए । बाँके जिल्लामा हाल ४ जना भेन्टिलेटरमा उपचार गरिरहेका छन् भने हाल बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका ४ हजार २ सय ९९ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ५ सय ९४ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय १४ जना रहेको ओलीले जानकारी दिएका छन् ।

Nabintech