१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोना संक्रमित थप ८ जनाको निधन

  • टाइम्स संवाददाता

  • ३१ बैशाख २०७८, शुक्रबार ०७:४३

बाँकेमा कोरोना संक्रमित थप ८ जनाको निधन

कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप ८ जनाको मृत्यु भएको छ। नेपालगन्ज स्थित भेरी अस्पतालमा ६ जना र मेडिकल कलेजमा २ जना गरि थप ८ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेहरुमा खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षिया महिला, लम्किचुहा ९ कैलालिका ४० वर्षिय पुरुष, कुमाख गाउँपालिका–१ सल्यानकी ६७ वर्षिय महिला, मधुबन नगरपालिका–६ बर्दियाका ५९ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँकेकी ३५ वर्षिया महिला, खजुरा गाउँपालिका–३ बाँकेकी ७५ वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका–५ बाँकेकी ६१ वर्षिया महिला, कोहलपुर नगरपालिका–२बाँकेका २८ वर्षिय पुरुष रहेका छन् । कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय २२ र बाँके जिल्लामा उपचार गर्न आई निधन हुनेको संख्या १ सय ६७ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज अ‍ोलीले जानकारी दिएका छन् ।

Nabintech