१३ बैशाख २०८१, बिहीबार
बाँकेमा आज ९ सय ५ थपिए, ३ सय २३ जना डिस्चार्ज, बाँकेमा १५ जनाको निधन

  • टाइम्स संवाददाता

  • ३१ बैशाख २०७८, शुक्रबार १७:३४

बाँकेमा कोरोना भाईरसका ९ सय ५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याबमा गरिउका कुल ९ सय १ परिक्षण मध्ये ६ सय ८८ मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल १ सय ७६ जना मध्ये १०१ र बागेश्वरी ल्याबमा १ सय ९७ जनाको परिक्षण गर्दा १ सय १५ जना गरी बाँकेमा ९ सय ५ जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएको संक्रमित सहित बाँकेमा हालसम्म १५ हजार ७२ जनामा संक्रमण पृष्टि भएको छ । आज जिल्ला बाहिरका ३ सय ९० जनामा संक्रमणको पृष्टि भएको छ । त्यस्तै आज १ सय ४८ महिला र १ सय ७५ जना पुरुष गरी ३ सय २३ जनाले कोरोनालाई जितेका छन् भने बाँकेमा हालसम्म ११ हजार १ सय ७२ जनाले कोरोना भाईरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका ३ हजार ६ सय ७५ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ५ सय २४ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय ६० जना रहेको ओलीले जानकारी दिएका छन् ।

बाँकेमा थप  १५ जनाको निधन
त्यस्तै कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप १५ जनाको मृत्यु भएको छ। नेपालगन्ज स्थित भेरी अस्पतालमा १० जना र मेडिकल कलेजमा ५ जना गरि थप १५ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेहरुमा खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षिया महिला, लम्किचुहा ९ कैलालिका ४० वर्षिय पुरुष, कुमाख गाउँपालिका–१ सल्यानकी ६७ वर्षिय महिला, मधुबन नगरपालिका–६ बर्दियाका ५९ वर्षिय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँकेकी ३५ वर्षिया महिला, खजुरा गाउँपालिका–३ बाँकेकी ७५ वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका–५ बाँकेकी ६१ वर्षिया महिला, कोहलपुर नगरपालिका–२बाँकेका २८ वर्षिय पुरुष रहेका छन् । यस्तै शान्तिनगर गाउँपालिका–५ दाङका ३७ वर्षिय पुरुष, खजुरा गाउँपालिका–२ बाँकेकी ५३ वर्षिया महिला, बाँसगढी नगरपालिका–५ बर्दियाकी ५० वर्षिया महिला, कोहलपुर नगरपालिका–२बाँकेकी ५० वर्षिया महिला, सिद्ध कुमाख–४ सल्यान ४० वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका–२० बाँकेका ३९ वर्षिय पुरुष र बर्दगोरिया गाउँपालिका–१ कैलालिका २३ वर्षिय पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय २५ र बाँके जिल्लामा उपचार गर्न आई निधन हुनेको संख्या १ सय ७१ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

Nabintech