७ बैशाख २०८१, शुक्रबार
बाँकेमा थप ८ जनाको निधन

  • टाइम्स संवाददाता

  • १ जेष्ठ २०७८, शनिबार ०७:४७

बाँकेमा थप ८ जनाको निधन

कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप ८ जनाको मृत्यु भएको छ। नेपालगन्ज स्थित भेरी अस्पतालमा ५ जना र मेडिकल कलेजमा ३ जना गरि थप ८ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेहरुमा बैजनाथ गाउँपालिका–२ बाँकेकी ३७ वर्षिया महिला, कोहलपुर नगरपालिका–४ बाँकेका ४२ वर्षिय पुरुष, ठाकुरबाबा–१ बर्दियाका ४६ वर्षिय पुरुष, ठाकुरबाबा–१ बर्दियाकी ३४ वर्षिया महिला, कोहलपुर नगरपालिका–९ बाँकेका ६१ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१९ बाँकेका ३९ वर्षिय पुरुष, बनगांड कुपिन्डे–४ सल्यानकी ६० वर्षिया महिला र गुलरिया नगरपालिका–१० बर्दियाका ६० वर्षिय पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय २९ र बाँके जिल्लामा उपचार गर्न आई निधन हुनेको संख्या १ सय ७५ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

Nabintech