१५ चैत्र २०८०, बिहीबार
कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा संकल्पित छौं: प्रधानमन्त्री

  • टाइम्स संवाददाता

  • ३ जेष्ठ २०७८, सोमबार ०८:०६

प्रधानमन्त्री केपी शर्मा ओलीेले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताएका छन् । सोमबार मदन आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताको लागि भण्डारीले पुर्‍याए को योगदानहरु दूरगामी महत्वको र अतुलनीय रहेको बताएका छन् । ओलीले ३ वर्षअघि नेकपा माओवादी केन्द्रसँगको एकता पनि भण्डारीले देखेको एकीकृत कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने एउटा प्रयास रहेको बताएका छन् । तर कतिपय नेताहरुको विभाजनकारी एवं अस्थिर र अवसरबादी सोचका कारण यो पूरा नभएको उनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्दै राष्ट्रियताको सम्बद्र्धन र राष्ट्रिय हितको रक्षाको लागि अविचलित रुपमा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हरेक जेठ ३ गते यो दिवस मनाउने गरिन्छ ।

Nabintech