७ बैशाख २०८१, शुक्रबार
जाजरकोटमा थप एक कोरोना संक्रमितको निधन

  • टाइम्स संवाददाता

  • ४ जेष्ठ २०७८, मंगलवार १९:१०

जाजरकोट जिल्लामा थप एक जनाको कोरोना भाईरसबाट निधन भएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नं. ७ का ७८ वर्षिय पुरुषको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा उपचारका क्रममा निधन भएको जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकाटाले जानकारी दिएका छन् । कोरोनाबाट मृत्यु भएका मृतकको शव व्यवस्थापन भोलि (बुधबार) नेपाली सेनाले गर्ने उनले बताएका छन् । जाजकोटमा हालसम्म कोरोना भाईरसबाट तीन जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी देवकाटाले बताएका छन् ।

Nabintech