७ बैशाख २०८१, शुक्रबार
बाँकेमा ४ सय ३१ थपिए, २०३ डिस्चार्ज, बाँकेमा थप १४ जनाको निधन

  • टाइम्स संवाददाता

  • ८ जेष्ठ २०७८, शनिबार १६:४५

बाँकेमा कोरोना भाईरसका ४ सय ३१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको कुल ४ सय १३ जना मध्ये ३ सय ८, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको कुल १ सय १३ जना मध्ये ३२ जना, र बागेश्वरी ल्याबमा ९८ जनाको परिक्षण गर्दा ३९ जना गरी बाँकेमा ४ सय ३१ जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएका मध्ये बाँकेका ९५ जना रहेका छन् भने बाहिरी जिल्लाका ३ सय ३६ जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज अ‍ोलीले बताएका छन् । आज थप भएका संक्रमित सहित बाँकेमा हालसम्म १६ हजार ७ सय ३१ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै आज ९९ महिला र १ सय ४ जना पुरुष गरी २ सय ३ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १४ हजार २ सय ९५ जनाले कोरोना भाईरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका १ हजार ५ सय ७३ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ४१ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय १९४ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँके जिल्लामा ५ सय ५जनाको बाँकेमा निधन भएको छ ।
बाँकेमाथप १४ जना संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप १४ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि थप १४ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा कोहलपुर नगरपालिका–१० का ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङका ५२ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–६ का ५२ वर्षीया महिला, भिमदत्त नगरपालिका–२ कञ्चनपुरका ५४ वर्षीय पुरुष, जोशिपुर गाउँपालिका–१ कैलालीका ५० वर्षीय पुरुष हुनुहुन्छ । त्यस्तै संक्रमणकै कारण उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका–६ का ५० वर्षीय पुरुष, मधुवन नगरपालिका– ७ बर्दियाका ५७ वर्षीय पुरुष र लमही नगरपालिका–२ दाङका ६८ वर्षीया महिलाको समेत मृत्यु भएको छ । साथै भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा खजुरा गाउँपालिका–२ बाँकेका ५३ वर्षीय पुरुष, राजापुर नगरपालिका–२ बर्दियाका ५० वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–१२ दाङका २८ वर्षीया महिला र त्रिवेणि गाउँपालिका–३ सल्यानका ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै मेडिकल कलेजमा तुलसीपुर उपमहानगरपालिका–५ दाङका ६३ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१२ बर्दियाका ५९ वर्षीय पुरुषले संक्रमणकै कारण ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका २३२ जना र जिल्लाकै २७३ जनाले ज्यान गुमाईसकेका छन् ।

Nabintech