१२ बैशाख २०८१, बुधबार
बाँकेमा जेष्ठ १७ गतेसम्म निषेधाज्ञा जारी

  • टाइम्स संवाददाता

  • १० जेष्ठ २०७८, सोमबार ०७:४०

बाँकेमा जारी निषेधाज्ञा जेष्ठ १७ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो । आइतवार बसेको डिसिएमसीको बैठकले निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको छ।कोरोना भाइरस संक्रमण त्रिब रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ दश गतेसम्म पुर्याइएको हो । अब जारी निषेधाज्ञा थप एकसाता बढाउने तयारी छ । जिल्लामा निषेधाज्ञाको समयअवधि थपिएपनि बजारमा भने भिडभाड उस्तै छ । नागरिक स्तरबाटै निषेधाज्ञाको पालना भएको देखिदैन । संक्रमणको जोखिम न्युनिकरणका लागि प्रशासनले गरेको निषेधाज्ञामा पनि मुभमेन्ट नरोकिएको भन्दै प्रशासनको आलोचना भैरहेको छ ।

 

Nabintech