१५ चैत्र २०८०, बिहीबार
बाँकेमा थप ५ संक्रमितको मृत्यु, बाँके जिल्लाका शून्य

  • टाइम्स संवाददाता

  • १० जेष्ठ २०७८, सोमबार ०८:०६

बाँकेमा थप ५ संक्रमितको मृत्यु, बाँके जिल्लाका शून्य

बाँकेमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया तीन र दाङका दुई जना गरी पाँच जना संक्रमितको मृत्यु भएको हो । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ४१ वर्षीय पुरुष, बाँसगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुष, गुलरिया नगरपालिका–१२३ का ५५ वर्षीय पुरुष र दाङको तुल्सिपुर उपमहानगरपालिका–६ का ७१ वर्षीय पुरुष, लमही नगरपालिका–४ का ४३ वर्षीय पुरुषको निधन भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । यो संगै बांके जिल्लाको मृत्यु संख्या २ सय ७३ पुगेको भने अन्य जिल्लाको मृत्यु हुनेको संख्या २ सय ४५ पुगेको कोरोना फोकल पर्सन ओलीले बताएका छन् । यसका साथै पछिल्लो २४ घण्टा भित्र बाँके जिल्ला भित्रको मृत्युदर शून्य रहेको ओलीले बताएका छन् ।

Nabintech