कोभिड-१९ का कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मी तथा केयर वकर्सले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेडरोस अद्हानोम ग्रिबियससले बताएका छन् । ‘धेरै संक्रमित भएका छन् । हाम्रो अनुमानमा कम्तिमा १ लाख १५ हजार स्वास्थ्यकर्मी र केयर वकर्सहरुले अन्यको सेवा गर्ने क्रममा आफ्नो ज्यानको मूल्य चुकाएका छन्’ विश्वभरका स्वास्थ्यकर्मीप्रति सम्मान व्यक्त गर्दै ग्रिबियससले भने । महामारी सुरु भएको १८ महिना बितिसक्दा पनि अवस्था जोखिमपूर्ण नै रहेको उनले चेतावनी दिए । अहिलेकै अवस्थालाई नियाल्दा, विगत वर्षभरि जुन संख्यामा मृत्यु भएको थियो, त्योभन्दा धेरै संख्यामा मानिसहरु आगामी दिन महिने अवधिमा मर्ने देखिएको उनले चेतावनी दिए ।