८ बैशाख २०८१, शनिबार
प्रेस चौतारी र प्रेस यूनियानद्धारा पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

  • टाइम्स संवाददाता

  • १२ जेष्ठ २०७८, बुधबार १६:२६

बाँकेको कोहलपुरमा कार्यरत विभिन्न सञ्चार गृहमा आवद्ध पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । प्रेस चौतारी बाँके र प्रेस यूनियान बाँकेले मास्क,सेनिटाईटर उपलब्ध गराएका हुन् । कोरना संक्रमण फैलिदै गर्दा पत्रकार सुरक्षित भएर समाचार संकलनमा सहज हुने विश्वासले स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकले बताएका छन् । बाँकेको बैजनाथ र कोहलपुर क्षेत्रमा कार्यरत्त पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । कोरना संक्रमण फैलिदै गर्दा पत्रकार सुरक्षित भएर समाचार संकलन मा सहज हुने विश्वासले स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकले जानकारी गराए । प्रेस चौतारीद्धारा उपलब्ध गराईएको स्वास्थ्य सामाग्री हस्तान्तरणमा प्रेस चौतारीमा आवद्ध नेता रुद्ध सुवेदी, विष्णु बेल्वासे, गजेन्द्र गुरुङ लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य सामाग्री कोहलपुर र बैजनाथ कार्य क्षेत्रमा आवद्ध ३७ जना पत्रकारलाई माक्स, सेन्टाइजर उपलब्ध गराइएको छ, भने स्वास्थ्य सामाग्री अभाव भएको खण्डमा सम्पर्क गर्न अध्यक्ष हेमन्त विक आग्रह गरेका छन् ।
त्यस्तै कोरोना भाईरसबाट संक्रमित भएर होमआइसोलेसनमा बसिरहेका, संक्रमण पश्चात निको भई घरमा पूर्ण स्वास्थ्यलाभ गरिरहेका र संक्रमणको जोखिममा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई उनीहरुका घर र सञ्चार संस्थामै पुगेर भेटघाट गरी स्वास्थ्य सामाग्री (मास्क र स्यानिटाइजर) प्रदान गरिएको युनियन बाँकेका अध्यक्ष ओलीले बताए । प्रेस युनियन बाँकेले कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले अझैपनि सुरक्षित भएर आफ्नो पेशागत दायित्व निभाउन पत्रकार तथा सञ्चारकर्मीलाई अपिल गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले एक अपिलमार्फत यस्तो आग्रह गरेका हुन् । बाँकेका पत्रकार तथा सञ्चारकर्मीका लागि कोरोना संक्रमणको निःशूल्क औषधी उपचारका साथै सहज र निःशूल्क रूपमा कोरोनाको पिसिआर परिक्षणको व्यवस्था मिलाउन सरकारसँग युनियन बाँकेले माग पनि गरेको अध्यक्ष ओलीले बताएका छन् ।

Nabintech