८ बैशाख २०८१, शनिबार
छ हजार ७३१ थपिए, सात हजार २२६ कोरोनामुक्त, १०६ को मृत्यु

  • टाइम्स संवाददाता

  • १३ जेष्ठ २०७८, बिहीबार १७:०४

नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ४२ हजार २५६ पुगेको छ । हाल एक लाख १६ हजार ४७६ जना सक्रि सङ्क्रमित छन् । पछिल्लो चौबीस घण्टामा सात हजार २२६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख १८ हजार ८२९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । निको हुने दर भने बढेको छ । यसअघि ७४ प्रतिशतमा झरेको निको हुने दर ७७.२ प्रतिशत पुगेको छ । पछिल्लो चौबीस घण्टामा १०६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले छ हजार ९५१ जनाको मृत्यु भएको छ ।

Nabintech