८ बैशाख २०८१, शनिबार
२०७८/०७९ मा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने सरकारकाे लक्ष्य

  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०७८, आईतवार ०७:३८

सरकारले आउँदाे आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतकाे आर्थिक वृद्धि हुने लक्ष्य राखेकाे छ । आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट कार्यक्रम प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पाैडेलले सरकाले ६ दशमलव ५ प्रतिशत हाराहारीकाे आर्थिक वृद्धि हुने लक्ष्य राखेकाे बताउनुभएकाे हाे ।  सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम   तथा कोभिड–१९ विरुद्ध खोपको व्यवस्थाबाट परिस्थिति सामान्यीकरणतर्फ उन्मुख भइ आर्थिक गतिविधि लयमा फर्किने विश्वासको आधारमा आउँदाे वर्ष ६ दशमलव ५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको हाे ।

त्यसैगरी मुद्रास्फीति ६ दशमलव ५ प्रतिशतमा सीमित राखिने बजेटमा जनाइएको छ । यसैबीच सरकारले यस आर्थिक वर्षमा ७ प्रतिशत बराबरकाे आर्थिक वृद्धिकाे लक्ष्य राखेकाे भए पनि केन्द्रीय तथ्याङ्क विभागले ४ दशमलव ०१ प्रतिशत मात्र रहने संशोधित अनुमान गरेको थियो । यद्यपि केही दिनअघि मात्रै अर्थ मन्त्री पाैडेलले त्याे लक्ष्य पनि भेट्टाउन गाह्राे हुने देखिएकाे बताउनुभएकाे थियाे ।

Nabintech