१६ चैत्र २०८०, शुक्रबार
विपक्षी गठबन्धको उद्देश्य सरकार चलाउने होइन, चुनाव गराउने नै हो : प्रधानमन्त्री

  • टाइम्स संवाददाता

  • १७ जेष्ठ २०७८, सोमबार १९:१५

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान समसामयिक तथा राजनीतिक विषयमा बोल्दै विपक्षी गठबन्धनले निर्दलीय गतिविधिलाई अगाडि बढाएर लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको बताउनुभएको छ । सोमबार राष्ट्रिय युवा संघद्वारा आयोजित भर्चुअल बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक विषय तथा समसामयिक विषयमा बोल्नुहुँदै सो कुरा बताउनुभएको हो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीको समयमा विपक्षीहरुमाथि लक्षित गर्दै आफू पनि सरकार गठन गर्न नसक्ने र र्वतमान सरकारको पनि विभिन्न भ्रमहरु छर्ने काम चाही विधि, पद्दति र संवैधानिक हो ? भनेर प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको उद्देश्य सरकार चलाउन नभएर चुनाव गराउनु रहेको पनि बताउनुभएको छ । उहाँले अस्ति नै नयाँ सरकारको गठन हुने वातावरण बनिसकेको अवस्था थियो, विगतमा पनि संविधानको नियोजित व्याख्या गर्ने काम भएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले विगतको प्रतिनिधिसभा विघटन पश्चात् सिर्जित राजनीतिक अवस्थाका बारेमा पनि बोल्नुहुदै वर्तमान सरकारको समर्थन फिर्ता नलिने र सरकार चल्न पनि नदिने कार्य एकदमै अनुशासनहीन भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने सम्भावना हुदाहुदै पनि पार्टीभित्रै व्यक्तिहरुबाट निर्दलीय कार्यमा संलग्न हुनु इतिहासमै गलत र अलोकतान्त्रिक काम भएको बताउनुभयो । यति गर्दापनि उहाँहरुलाई लज्जाबोध छैन, प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

Nabintech