८ बैशाख २०८१, शनिबार
गण्डकी प्रदेश प्रमुखद्वारा वैकल्पिक सरकार गठनको आह्वान

  • टाइम्स संवाददाता

  • २८ जेष्ठ २०७८, शुक्रबार १५:५५

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैकल्पिक सरकार गठनका लागि आह्वान गर्नु भएको छ । हिजो संसदमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि २९ गते दिउसो ३ बजेका लागी समय दिएर आह्वान गर्नु भएको हो । प्रदेश सभामा हिजो मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावका पक्षमा २७ मत र विपक्षमा ३० मत परेको थियो ।

Nabintech