१६ चैत्र २०८०, शुक्रबार
विश्वकप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली आज स्वदेश फर्किँदै

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०७८, आईतवार ०६:५९

फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुग्ने भएको छ ।  नेपाली टोली कुवेतबाट कतारको दोहा हुँदै काठमाण्डौ ओर्लने छ । नेपालले चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको थियो । छनोटको खेलअघि इराकसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो । छनोटको समूह ‘बी’मा रहेको नेपालले ८ खेलमा ६ अङ्क जोड्यो । नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना सकिसकेको छ तर प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

Nabintech