४ बैशाख २०८१, मंगलवार
बाँकेमा १७ जना थपिए, ६९ डिस्चार्ज, थप छ जनाको निधन

  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०७८, आईतवार १७:२१

बाँके जिल्लाका तीनवटा प्रयोगशालामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १२४ नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा ३९ नमूना परीक्षण गर्दा ९ जना, बागेश्वरी ल्याबमा ४६ नमुना परीक्षण गर्दा ३ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ३९ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्ये २ जना बाँकेका छन् । २ जना पुरुष गरि जिल्लाका थप २ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८१ हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ३५९ जनामा संक्रमण पृष्टि भएको छ । साथै आज बाँके जिल्लाका ६९ जना डिस्चार्ज भएका छन् । २९ जना महिला र ४० जना पुरुष भएसँगै बाँके जिल्लामा हालसम्म १६ जार ८ सय ६२ जना कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेकाको संख्या १८८ र अस्पताल र आइसोलेस सन्टेरमा १०७ जना रहेका छन् । त्यस्तै ७ जना भेन्टिलेटर र ४२ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
कोरोनाबाट बाँकेमा छ जनाको मृत्यु
बाँकेमा कोरोना संक्रमणका कारण थप छ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ५ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत पुडचौडी ८ बैतडीका ५४ वर्षीय पुरुष, राजापुर १ बर्दियाकी ४९ वर्षीया महिला, कालिमाटी २ सल्यानका ४६ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका ८ बर्दियाका ४४ वर्षीय पुरुष, र लमही १ दाङकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ ५ बाँकेका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३०७ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ३८ जनाको मृत्यु भएको छ ।

Nabintech