१३ बैशाख २०८१, बिहीबार
स्वास्थ्यकर्मी तथा कर्मचारीद्धारा प्रशासनको ध्यानाकर्षण

  • टाइम्स संवाददाता

  • ३१ जेष्ठ २०७८, सोमबार १७:३८

बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कर्मचारीले तलब नपाएको भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् । चार महिनादेखि तलब नपाएको भन्दै सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् । नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले अस्पतालमा कार्यरत सिनियर अधिकृतदेखि तल्लो तहका करिब १२ सय कर्मचारीको नियमति तलब उपलब्ध नगराएकाले अस्पताल प्रसाशनसँग तबल उपलब्ध गराईदिन पहिलो चरणमा प्रशासनको ध्यानाकषर्ण गरिएको बताएका छन् । साथै उनले अस्पताल प्रशासनले असार २ गते भित्र सबै कर्मचारीहरुको तलब उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मीहरु काममा फर्र्किएको बताएका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले अस्पताल व्यवस्थापन समितिले असार २ गते सम्म स्वास्थ्यकर्मी, कर्मचारीहरुको तलब उपलब्ध गराउने बताएका छन् । कर्मचारी संगठनकी महासचिव रत्ना गिरीले कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब नपाएको बताइन् । ‘कोभिडमा ड्युटी गर्नुपर्छ, घर नजानुस्’ भनेर काम लगाएको व्यवस्थापन पक्षले अहिले तलब भत्ता नदिंदा कर्मचारीहरु मर्कामा परेको उनले बताइन् । साथै उनले फागुनयताको तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको बताएकी छिन् । आन्दोलनमा उत्रिए पनि अस्पतालको नियमित काममा असर नपरेको उनले दाबी गरे ।

Nabintech