१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा ४० जना थपिए, ४२ डिस्चार्ज, थप एक जनाको निधन

  • टाइम्स संवाददाता

  • २ असार २०७८, बुधबार १७:४३

बाँके जिल्लाका तीनवटा प्रयोगशालामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १६८ नमुना परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा ७२ नमूना परीक्षण गर्दा ३० जना, बागेश्वरी ल्याबमा ४४ नमुना परीक्षण गर्दा ५ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ५२ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरु मध्ये ७ जना बाँकेका छन् । ३ जना महिला र ४ जना पुरुष गरि जिल्लाका थप ७१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८२ हजार ३८३ जनाको पीसीआर परीक्षण गर्दा १७ हजार ४०४ जनामा संक्रमण पृष्टि भएको छ । साथै आज बाँके जिल्लाका ४२ जना डिस्चार्ज भएका छन् । ११ जना महिला र ३१ जना पुरुष डिस्चार्ज भएसँगै बाँके जिल्लामा हालसम्म १६ जार ९ सय २९ जना कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । हाल जिल्लामा होम आईसोलेसनमा रहेकाको संख्या १३३ र अस्पताल र आइसोलेस सन्टेरमा ८५ जना रहेका छन् । त्यस्तै ६ जना भेन्टिलेटर र ३५ जना सिकिस्त बिरामी उपचारत रहेका छन् ।
कोरोनाबाट बाँकेमा एक जनाको ज्यान गयो
बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा विरेन्द्रनगर–४ सुर्खेतकी ३६ वर्षिय महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३०९ जना र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ४१ जनाको मृत्यु भएको छ ।

Nabintech