१३ बैशाख २०८१, बिहीबार
वर्षाका कारण टस नहुँदै पहिलो दिन रद्द

  • टाइम्स संवाददाता

  • ५ असार २०७८, शनिबार ०७:२६

एजेन्सी – न्युजिल्यान्ड र भारतबीच आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल लगातार वर्षाको कारण खेलको पहिलो दिन टस पनि हुन नपाई सकिएको छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा इंग्ल्यान्डको दी रोज बाउल स्टेडियम साउथह्याप्टनमा सुरु हुने पर्ने थियो । तर लगातार वर्षाको कारण टस पनि नभई पहिलो दिन स्टम्पिङ भएको छ ।

पहिलो पटक भएको टेष्ट च्याम्पियनसिपमा आइसिसीका नौ उत्कृष्ट राष्ट्रले दुई वर्षसम्म प्रतिस्पर्धा गर्दा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । विश्व टेष्ट वरियतामा न्युजिल्यान्ड शीर्ष र भारत दोस्रो स्थानमा छन् । न्युजिल्यान्ड र भारतले दुई दशकपछि आइसिसीको प्रमुख प्रतियोगिता फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । विश्वका उत्कृष्ट दुई राष्ट्रबीच हुने फाइनल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । अर्कोतर्फ विश्वका दुई कप्तान पनि भिड्दै छन् । भारतका कप्तान विराट कोहली आक्रामक क्रिकेट बढी मन पराउछन् । विलियम्सन संयमित कप्तानीमा रमाउँछन् । यी दुबै विश्व क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमा पर्दछन् । विपरित शैलीका यी दुई खेलाडीमा को उत्कृष्ट कप्तान र ब्याट्सम्यानको परिक्षा हुने छ । गतवर्ष टेष्ट च्याम्पियनसिपमा भारतले न्युजिल्यान्डसँगको दुबै खेलमा हार बेहोरेको थियो ।

Nabintech