१५ चैत्र २०८०, बिहीबार
भेरी अस्पतालका डाक्टरमाथि कुटपिट मुद्दाका तीनजना आरोपी धरौटीमा रिहा

  • टाइम्स संवाददाता

  • ७ असार २०७८, सोमबार ०७:०९

नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका तीनजना आरोपी धरौटीमा रिहा भएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका आरोपी दाङका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई आइतबार धरौटीमा छाड्न आदेश दिएको हो । उनीहरुलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जानकारी दिए । गत जेठ १३ गते बेलुकी दाङ तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५४ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित बनेका उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेका थिए । उनीहरुमध्ये मानबहादुर मृतकका भाइ र दुईजना छोरा हुन् । भेरी अस्पतालमा भएको उक्त घटनाको चौतर्फी विरोध भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।

Nabintech