१३ बैशाख २०८१, बिहीबार
कोहलपुरमा अति विपन्न परिवारलाई खाद्यान्न सहायोग

  • टाइम्स संवाददाता

  • १५ असार २०७८, मंगलवार १९:४१

बाँकेको कोहलपुरमा रहेका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कोरोना भाईरसका कारण जारी निधेषज्ञाका कारण खाद्यान्न अभाव भएका परिवारलाई खाद्यान्न सहयोग गरिएकोे छ । कोहलपुर नगरपालिकाको समन्वयमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग कार्यक्रम अन्तर्गत रुम टु रिडले कोरोना भाईरसबाट अति प्रभावित भएका अति विपन्न परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरिएकोछ । कोरोनाभाईरसबाट प्रभावित भएका कोहलपुर नगरपालिकाका विभिन्न वडामा रहेका अति विपन्न २९ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको रुम टु रिडका वरिष्ठ लेखा तथा प्रशासन सहायक शिवराज आचार्यले बताएका छन् । साथै उनले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाबाट प्रभावित भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको बताउँदै महामारीको विपत्तिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तकुमार पौड्यालले कोरोना भाईरसको कारण जारी निषधेज्ञामा खाद्यान्न लगायत अन्य विभिन्न समस्याहरु जनतामा आईपरेको अवस्थामा सबैले सहयोग गर्नुपर्ने बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले सबैसँगको सहकार्यमा कोरोना भाईरस नियन्त्रण गर्न सकिने बताएका छन् ।
त्यस्तै रुम टु रिडले बैजनाथ गाउँपालिकाका १६ र राप्तीसोनारीका १० जना र खजुराका १५ अति विपन्न घरपरिवारलाई पनि खाद्यान्न सहयोग गरेको हो । त्यसैगरि बाँकेकै खजुरामा बसोबास गर्ने अति विपन्न १५ घर परिवारलाई पनि खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरिने रुम टु रिडले जनाएको छ । वितरण गरिएको सामाग्रीमा प्रत्येक घर परिवारलाई २५ किलो चामल, ५ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन, २ किलो च्युरा, ६ वटा साबुन र ५० थान मास्क रहेको जनाईएको छ ।

Nabintech