७ बैशाख २०८१, शुक्रबार
थप एक हजार ८५७ सङ्क्रमित, चार हजार १७ सङ्क्रमण मुक्त

  • टाइम्स संवाददाता

  • १७ असार २०७८, बिहीबार १७:५५

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, तीन हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चारहजार १७ छ । नेपालमा अहिले ३१ हजार ३६८ जना सङ्क्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार १४५ जनाको मृत्यु भएको छ ।

Nabintech