७ बैशाख २०८१, शुक्रबार
बाँकेमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ जना संक्रमित थपिए, ३ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १९ असार २०७८, शनिबार १७:२९

बाँकेमा पछिल्लो २४ घण्टामा थप १७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १७४ नमुना परीक्षण गर्दा १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १०१ नमुना परीक्षण गर्दा १४, नेपालगञ्ज मेडिकल कलेजमा ३० नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी प्रयोगशालामा ४३ नमुना परीक्षण गर्दा २ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ९ जना छन् । ४ जना महिला र ५ जना पुरुष गरी ९ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८४ हजार ५ सय ७१ नमुना परीक्षण गर्दा त्यसमा १७ हजार ४ सय ६९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । १ जना महिला र २ जना पुरुष गरी ३ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १०७ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो २४ घण्टा कुनै पनि संक्रमितको निधन भएको छैन् भने बाँके जिल्लामा हालसम्म कोरोना भाईरसका कारण ३११ जनाको निधन भएको छ भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृत्यु हुने भाइरस संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

Nabintech