६ बैशाख २०८१, बिहीबार
कोहलपुरमा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग

  • टाइम्स संवाददाता

  • २१ असार २०७८, सोमबार १७:३८

बाँकेको काहलपुर नगरपालिका भित्रका अति विपन्न करिब एक सय घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कोहलपुर नगरपालिका समन्वयन, मेन्डि फुवाङ टे«न (करुणा), केनेथ झ्याङ, ग्रिन अम्बे्रला (यूके)को सहयोग र तमोभूमि बौद्ध शान्ती बिहार हवल्दारपुर कोहलपुर, ठकुरी सहयोग सञ्जाल बाँके, थारु कल्याणकारी सभा बाँकेको आयोजनामा कोहलपुर नगरभित्रका अति विपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरपप्रमुख लुट बहादुर रावतले कोरोना भाईरसका कारण विश्व सामुदायि नै प्रभावित भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन् । साथै उनले बाँके जिल्लाको कोहलपुर कोरोनाको अति प्रभावित क्षेत्र भित्र परेकोले जारी गरिएको निषेधज्ञाले श्रम गरेर जीविकोर्पाजन गर्ने आम सर्वसाधारणलाई असज भईरहेको बेला गरिएको खाद्यान्न सहयोगले महत्वपूर्ण हुने बताएका छन् ।
कार्यक्रममा बोल्दै भिक्षु सागर धम्मले लकडाउनका कारण आर्थिक रुपमा समस्या परेका आम नागरिकहरुलाई सहयोगि दाताबाट सहयोग स्वरुप प्राप्त भएको राहत कोहलपुर नगरपालिका भित्रका अति विपिन्न परिवारलाई वितरण गरिएको बताएका छन् । कोहलपुरन गरपालिका भित्रका आर्थिक रुपमा कमजोर, अति विपिन्न र मुक्तकमैया बस्तीका एक सय घर परिवारलाई सो खाद्यान्न सहयोग गरिएको छ ।

Nabintech